सिक्ने चाह हुन पर्छ, ज्ञान सर्वत्र पाइन्छ भन्छन् । हुन पनि हो प्रकृति र मानव निर्मित सम्पदाहरु अनुभव र ज्ञान बाँड्न तम्तयार भएर बसेका छन्, बस् त्यसका लागि समय निकालेर घुम्न निस्कनु पर्छ ।

अहिलेको मौसम नेपालका पर्यटकीय सिजन, आन्तरिक तथा बाह्य पर्यटकहरु नेपालका विभिन्न नयाँ पुराना गन्तव्य पुग्ने गर्छन् । पुरानो तर जहिले रोजाइको पहिलो नम्बरमा आउने गन्तव्य हो, काठमाडौँ उपत्यका ।

अझ त्यसमाथि घुम्ने गन्तव्य बारे विस्तृत जानकारी दिँदै आएको अमेरिकी ट्राभल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट १० शहरको सूचिमा काठमाडौँलाई पनि राखेको छ । सूचिमा काठमाडौँ छैटौँ स्थानमा छ ।

यसले काठमाडौँको पर्यटकीय महत्वलाई अझ बिस्तारित गरेको छ । ऐतिहासिक सम्पदा तथा सांस्कृतिक विविधताका लागि परिचित काठमाडौँ उपत्यकाको प्राकृतिक सुन्दरताले पनि धेरैलाई मोहित बनाउने गरेको छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले काठमाडौँ उपत्यकाको केही सांस्कृतिक तथा प्राकृतिक सुन्दरता तस्बिरमा समेटेकी छन् ।