धनगढीमा निर्मलाका बुवाले नारा लगाए

‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’

निर्मला पन्तका लागि न्याय माग्दै धनगढीमा बुधबार गरिएको प्रदर्शन । तस्बिर: दिनेश ठकुल्ला /देश सञ्चार ।

धनगढी – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग राख्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

निर्मलाका आमाबुवा सहित परिवारका सदस्य र कञ्चनपुरबाट आएका महिलाअधिकारकर्मीहरुको टोलीले धनगढीमा प्रदर्शन गरेको हो । उनीहरुले निर्मलाका लागि न्याय माग्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन बुझाएका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवा यज्ञराज पन्तले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग,’ ‘नेताको बानि सिकेछ, प्रहरी पनि बिकेछ’ लगायतका नारा लगाएका थिए ।

कात्तिक १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्