बार्सिलोनाले तेस्रो डिभिजनको क्लबलाई संघर्षपूर्ण रुपमा हरायो

स्पेनिस च्याम्पियन बार्सिलोना कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो खेलमा संघर्षपूर्ण रुपमा विजयी भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लब क्लचरल लिओनेसालाई १–० ले पराजित गरेको हो ।

खेल गोलरहित बराबरीमा सकिने संकेत थियो । तर इन्जुरी समयको पहिलो मिनेटमा बार्सिलोनाका लागि क्लेमेन्ट लेङ्गलेटले विजयी गोल गरेका हुन् । क्लेमेन्नटले उसमान डेम्बेलेको फ्रि–किक बललाई गोलमा परिणत गरेका हुन् ।

इन्जुरी समयको चौथो मिनेटमा मार्कोस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिओनेसा १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग आउँदो डिसेम्बर ५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

कात्तिक १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्