सिरहा र रौतहटमा तीन जनाको शव फेला

सांकेतिक तस्बिर

रौतहट- प्रदेश २ को तीनवटा जिल्ला सिरहा, सप्तरी र रौतहटमा तीन जनाको शव फेला परेको छ।

सिरहामा खोलाको किनारमा एक युवतीको शव फेला परेको छ भने रौतहटमा दुई जना पुरुषको शव फेला परेको छ ।

सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा एक युवतीको शव फेला परेको छ।

सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ।

युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

रौतहटमा दुई जना पुरुषको शव फेला


रौतहटमा दुई जना पुरुषको शव फेला परेको छ। जिल्लाको गौर–चन्द्रपुर सडकखण्ड स्थित गरुडा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ।

गरुडा नगरपालिकाको जिंगडिया टोल स्थित मुल सडकको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षिय पुरुषको शव फेला परेको छ।

यस्तै, जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्षको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। उक्त शवको घाँटीमा निल डाम देखिएको जनाइएको छ।

मृतकको पहिचान खुल्न नसकेको तथा शवपरिक्षका लागी जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

घटना बारे अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

कात्तिक १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्