म्युजिक भिडियोमा देखा परिन् अरुणिमा लम्साल

विवाहपछि अभिनय क्षेत्रबाट टाढिएकी नायिका अरुणिमा लम्साल म्युजिक भिडियोमा देखापरेकी छन्।

अमेरिका बस्ने अरुणिमाले ‘यो मन जलेको छ’ बोलको गीतमा अभिनय गरेकी हुन्।

कमल रसाइलीको संगीत र स्वर रहेको छ गीतको निर्देशन विमलेश अधिकारीले निर्देशन गरेका छन्।

गीतमा डायमण्ड थापाको संगीत छ। भिडियोमा लम्सालसँगै संगीतकार डायमण्ड थापालाई अभिनय गर्दै गरेको देख्‍न सकिन्छ।

कात्तिक १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्