फूलैफूलको मौषम!

पुष्प मेलामा सयौंथरी फूल (फोटो फिचर)

पुष्प मेलामा सयौंथरी फूल (फोटो फिचर)

काठमाडौँ – रंग, दीप र पुष्पहरुको अत्यधिक खपत हुने पर्व शुभ दिपावली नजिकिँदै जाँदा ललितपुरमा फूलको प्रदर्शनी शुरु भएको छ।

गोदावरी फूललाई व्यावसायिक रुपमा विकास र प्रवर्द्धन गर्ने उद्देश्यका प्रतियोगितात्मक प्रदर्शनी फ्लोरिकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष मिनबहादुर तामाङले बताए ।

ललितपुरको जावलाखेलमा आयोजना गरिएको फूल प्रदर्शनीमा अन्य प्रजातिका फूलहरु पनि प्रदर्शनीमा राखिएको छ। जावलाखेलस्थित खेल मैदानमा फूलैफूलले सिंगारिएको छ।

आयोजक संस्था फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसुजुका अनुसार प्रदर्शनीमा ४४ वटा व्यावसायिक स्टलहरु राखिएको छ। साथै सूचनामूलक ३ तथा गोदावरी फूलको एक गरी ४८ स्टल राखिएको छ।

कार्तिक १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्