बानेश्वरमा पनि एनसेल सेन्टर

काठमाडौँ – एनसेल प्राइभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नयाँ बानेश्वरमा नयाँ सुविधासम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।

बिहीबार औपचारिक रुपमा उद्घाटन गरी सञ्चालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैँ सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ।

 नयाँ सेन्टरको उद्घाटन एनसेलका प्रमुख कमर्सियल अधिकृत एण्डी चोङ्गले गरेका छन्। सेन्टर उद्घाटनको अवसरमा कम्पनीले नयाँ बानेश्वर सेन्टरमा आएका पाँच जना ग्राहकहरुलाई उपहार प्रदान गर्दै सम्मान पनि गरेको थियो।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाएर उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको छ।

कात्तिक १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्