सिद्धार्थ बैंक र वातावरण सुधार समितिको सहकार्यमा वृक्षारोपण

ललितपुर – सिद्धार्थ बैंकले ललितपुर महानगरपालिका–१५ अन्तरगत वातावरण सुधार समितिलाई वृक्षारोपण कार्यका लागि दुई लाख ७५ हजारको आर्थिक सहयोग गरेको छ।

सातदोबाटो—गोदावरी सडकको छेउछाउमा लगभग ५० बिरुवा रोपेर हरियाली बनाउन तथा पर्यावरण व्यवस्थित बनाउने अभियानका लागि बैंकले वित्तीय सहायता प्रदान गरेको हो।

बैंकका निर्देशक वीरेन्द्रकुमार शाहले वतावरण सुधार समिति ललितपुरलाई चेक हस्तान्तरण गरी, बैंकको वित्तीय सहयोगले ललितपुर महानगरपालिको स्थानीय क्षेत्रहरुमा हरियाली र सुन्दरता बढ्नका साथसाथै प्रदुषण कम भई वातावरण सुरक्षित हुन सहयोग पुग्ने बताए।

सिद्धार्थ बैंकले अहिले देशभर १ सय २६ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा, १ सय ३१ एटिएम र १ हजारभन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।

कार्तिक १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्