भैरहवाका रबिनलाई मिस्टर थारु र मोरङकी आकृतिलाई मिस थारुको उपाधि

काठमाडौं- यस वर्ष रुपन्देही भैरहवाका रबिन चौधरी र मोरङकी आकृति चौधरीले मिस्टर एन्ड मिस थारु २०१८को दोस्रो सिजनको उपाधि जितेका छिन्।  शुक्रबा साँझ राजधानीको राष्ट्रिय नाँचघर जमलमा भएको अन्तिम स्पर्धामा रबिन र आकृतिले उपाधि जितेका हुन।

रबिनले १९ जना प्रतियोगीलाई पछि पार्दै मिस्ट थारुको उपाधि जिते भने आकृतिले १३ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस थारुको उपाधि चुमेकी हुन।

मिस्टर थारुको ताज मिस नेपाल २००० उषा खड्कीले पहिर्‍याइ दिएकी थिइन भने मिस थारुको ताज मिस थारु २०१७ की विजेता जेनिसा चौधरीले आफ्‍नो शीरको ताज आकृतिलाई पहिर्‍याइ दिएकी थइन्।

यस्तै प्रतियोगिताको मिस्टर थारु फस्ट रनर अप ११ नम्बरका विवेक चौधरी र मिस थारु फस्ट रनर अप ९ नम्बरकी प्रतियोगी सनेसरी कुमारी दास
भइन्। यस्तै सेकेण्ड रनर अप मिस्टर थारु रौतहटका दीपेन चौधरी र मिस थारु सेकेण्ड रनर अप सुनसरीकी आस्मा चौधरी भइन्।

प्रतियोगिताको फाइनलमा बाराकी प्रियंका चौधरी, बर्दियाकी माया चौधरी, चितवनकी सृष्टि चौधरी, मोरङकी आकृति चौधरी, बाराकी उर्मिला चौधरी, महोत्तरीकी रेनु चौधरी, उदयपुरकी सुस्मिता चौधरी, सप्तरीकी इलिना चौधरी, रुपन्देहीकी सोनम चौधरी, रुपन्देहीकै मैयाँ थारु, नवलपरासीकी सुनिता महतो थारु र नवलपरासीकै डेजी महतोले प्रतिस्पर्धा गरेका थिए।

यस्तै मिस्टर थारुको फाइनलमा रुपन्देही भैरहवाका रविन चौधरी, नवलपरासीका विज्ञान चौधरी, बाराका राजिव चौधरी, रौतहटका हरिशंकर चौधरी, सिराहाका परमानन्द चौधरी, रुपन्देहीका बलिराम चौधरी, रौतहटका श्यामलाल चौधरी, चितवनका दीपकमणी महतो, चितवनकै अभिषेक महतो, सर्लाहीका विवेक चौधरी, रौतहटका दीपेन कुमार चौधरी, कञ्चनपुरका मनोज चौधरी, कञ्चनपुरकै पुष्कर चौधरी, सिराहाका नितेश कुमार चौधरी, सुनसरीका रजनिश चौधरी, सिराहाका सुरजमनी चौधरी, सिराहाकै अमित चौधरी, कैलालीका टेरेन्स महतो र चितवनका मनिष महतो प्रतिस्पर्धा गरेका थिए।

अन्तिम प्रतिस्पर्धामा निर्णायक मण्डलमा पूर्वमिस नेपाल उषा खड्‌गी, सामाजिक अभियन्ता एवै फिल्म निर्माता रामलाल चौधरी, अभिनेता नाजिर हुसैन, प्रदीप कुमार चौधरी, मिस्टर नेशनल युनिभर्स कौसिक प्रसाई र टेलिभिजन प्रस्तोता सगारिका श्रेष्ठ रहेका थिए।

तस्बिरहरु-सूर्य चौधरी

कार्तिक १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्