यी तस्बिरहरु हेरेपछि यसपालि दियोमा बत्ती बाल्न मन लाग्छ (फोटो फिचर)

भक्तपुर– हुन त सुगम पोखरेलले आफ्नो गीतमा ‘कुमालेको चक्रझैँ घुमिरहने चोला’ भन्दै गाएका छन्। तर, भक्तपुरका प्रजापती समुदायको चक्र अचेल वर्षमा केही समय मात्रै घुम्छ। तिहारअघि केही साता भाँडा बनाउने बाहेक उनीहरु चक्र थन्क्याउनै थालेका छन्।

आधुनिक भाँडावर्तनले बजार ढाकेकाले माटोका भाँडा बनाउने धेरै नागरिकले वैकल्पिक पेशा अंगाल्न थालेका हुन्।

भक्तपुरका प्रजापती समुदायलाई दसैँ र तिहारमा माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ। यो उनीहरुको पुर्खौली पेशा हो। तिहारमा बत्ती बाल्नका लागि प्रयोगमा आउने पाला बनाउन उनीहरु व्यस्त छन्।

ठिमी, बोलाछें, व्यासी लगायतका भक्तपुरका हरेकजसो गल्लीमा तिहारका लागि आवश्यक पर्ने माटाका पाला तथा अन्य भाँडा बनाइँदै गरेको देख्न सकिन्छ।

अन्य समयमा अलि फुर्सदमा रहने उनीहरु दसैँ र तिहारमा व्यस्त हुन्छन्। ठिमीका कृष्णकुमार प्रजापती भन्छन्, ‘पहिलेको तुलनामा अहिले माटोका भाडाको प्रयोगमा आधा कमी आएको छ र यो पेशा गर्नेहरुमा पनि।’

तिहारका बेला माटोका पालाको माग अत्यधिक हुने गरेको छ। तर, अहिले बजारमा आएका आधुनिक सामग्रीका कारण पालाको प्रयोगमा कमी आएको उनीहरु बताउँछन्।

समयसँगै यो पेशा छोड्ने पनि धेरै छन्। धरैले अन्य पेशा अंगालिसकेका छन्। यो पेशा गर्ने आधा घटेपनि भक्तपुरका केही प्रजापती वस्तीमा माटोका भाडा सुकाएको देख्नेपछि लिइएका तस्बिरहरुः

कार्तिक १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू