शुभ दीपावलीको उल्लास

फूलैफूलको माैसम तिमीलाई… (फोटो फिचर)

काठमाडौँ – झिलिमिली बत्ती, देउसी र भैलो अनि दिदीभाईको माया र प्रेम दर्साउने पर्व हो तिहार। यो बेला सयपत्री मखमलीसहित थरिथरिका फूलहरुले यो पर्वको महत्वलाई थप दर्साइदिएको हुन्छ।

तिहार मनाउनका लागि सिंगो नेपाली समुदाय जुटिरहेका बेल फूल खेती गरेर आफ्नो गर्जो टार्ने किसानहरु पनि त्यतिकै हर्सित छन्। नहुन् पनि किन, उनीहरुले वर्षभरि जतन गरेर फुलाएका फूल शहरदेखि देहातका गाउँसम्म पहिरिइन्छ।

तिहारको पहिलो कागतिहार आउन २ दिन बाँकि रहँदा काठमाडौँको जावलाखेलमा आयोजित पुष्पमेलामा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।

उनीहरुको मुहारमा तिहारको रौनक प्रष्टै देखिन्थ्यो। र, त्यहाँ सजाइएका फूलले पनि तिहारलाई स्वागत गरिरहेकोझैँ लाग्थ्यो।

कार्तिक १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्