जाडो मौसममा मुटुको सुरक्षा

जाडोमा मुटुका बिरामीले अपनाउनु पर्ने यी सात उपाय

काठमाडौँ – जाडो मौसम मुटुका बिरामीहरुका लागि त्यति अनुकूल मानिँदैन। धेरैजसो मनिसहरु जाडोमा मुटुको समस्या लिएर अस्पताल आउने गरेको वीर अस्पतालका डा. हरिहर खनाल बताउँछन्।

पछिल्लो समयमा बृद्धहरुमा भन्दापनि युवापिढीमा मुटुको समस्या बढ्दो क्रममा देखिएको चिकित्सकहरु बताउँछन्। त्यसका पछाडिको कारण भनेको अस्वस्थ्यकर जीवनशैली पनि प्रमुख रहेको डा. खनालको धारणा छ।

जाडो मौसममा मुटुरोग सम्बन्धी समस्या बढ्ने हुँदा समयमै ख्याल गर्न चिकित्सकहरु सुझाव छ।

जाडो मौसममा मुटुका बिरामीले ध्यान दिनैपर्ने कुराहरुः 


डा. हरिहर खनालका अनुसार गर्मीमा भन्दा जाडोमा हृदयघात हुने सम्भाबना प्रबल रहन्छ। त्यसकारण जाडोमा मुटुलाई जोगाएर राख्नुपर्छ।

जाडोमा मुटुको नशा खुम्चिने र रक्तसञ्चार प्रवाह समस्या हुँदा मुटुसम्बन्धी समस्या देखिने गर्दछ। त्यसैले मुटुका बिरामी तथा अरु स्वस्थ व्यक्ति पनि सर्तक हुन जरुरी देखिन्छ।

–गर्मीमा भन्दा जाडोमा खान रुच्ने र भोक बढी लाग्ने हुँदा खानपिनमा विशेष ख्याल गर्नुपर्छ। चिल्लो, पिरो, चिसो खानेकुराले मुटुलाई प्रत्यक्ष रुपमा क्षति गर्ने हुँदा खानपिनमा विशेष ख्याल गर्नुपर्छ।

–मुटुका बिरामीले निन्द्राको विशेष ख्याल गर्नुपर्छ। कम्तीमा पनि ६ घण्टा सुत्नु पर्छ।

–जाडो मैसममा मुटुको बिरामीले मर्निङ वाकमा बाक्लो कपडा लगाएर मात्रै जानु पर्छ। मुटुका बिरामीले धेरै लामो समयसम्म बाक्लो कपडा बिना मर्निङ वाक गर्दा मुटुका नली खुम्चिन गई रक्तसञ्चारमा असर पर्ने हुँदा धेरैजसो मुटुका बिरामीलाई हृदयघातको समस्या निम्तिन सक्छ।

–धेरै समयसम्म चिसोपानीमा काम गर्नाले पनि मुटुमा असर पर्ने हुन्छ। चिसोपानीमा काम गर्नै परेको खण्डमा घाम लागेको बेला वा टोपी, मोजा र बाक्ला कपडाको नियमित प्रयोग गर्नुपर्छ।

–मुटुको रक्तचाप, मधुमेह, कोलेस्ट्रोल कन्ट्रोल गर्नुपर्छ। त्यसका लागि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। साथै औषधीको नियमित सेवन गर्नुपर्छ।

–मदिरापान र धुमपानको सेवन बिल्कुल नगर्ने।

–सकारात्मक सोच राख्ने र आत्मविश्वासी बन्नुपर्छ।

–मुटुको रोगीले नियमित रुपमा चिकित्सकको सल्लाहमा बस्नु पर्छ।

कात्तिक १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्