उज्यालो पर्वः

पालाको झिलिमिली देउसी रे! (फोटो फिचर)

पाला खरीद–बिक्री गरिँदै। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार

काठमाडौँ – कुनै बेला यस्तो पनि थियो कि, तिहारमा माटोले बनेका पालोमा तोरीको तेल राखेर कपासबाट बनाइएका बातीको बाल्ने गरिन्थ्यो।

तिहारमा झिलिमिली पार्ने अरु कुनै उपाय थिएन। तर विस्तारै पालाको प्रयोगले दीयोलाई विस्थापन गर्‍यो। पालामा मैनबत्ती बाल्ने प्रचलन आयो।

त्यसपछि प्रविधि अझै परिस्कृत भयो। र, पछिल्लो समय विद्युतीय ‘बल्ब लाइट’हरुको प्रयोग गर्ने थालियो। अचेत, तिहारको झिलिमिली तिनै विद्युतीय सामग्री बालेर मात्रै आउछ भन्ने धारणा पनि पाइन्छ।

तर, परम्परादेखि चलिआएको पालाको महत्व कहाँ घट्छ र! शनिबार बेलुका न्यूरोडमा पाला बेच्न बसेका व्यापारी र पाला किनिरहेका ग्राहकहरु त्यसैका प्रमाण हुन्। घर सजाउनकै लागि सर्वसाधारणले यसरी पाला खरीद गरिरहेको थिए।

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू