शीर्ष स्थानमा फर्कियो लिभरपुल, तर जितको मौका गुमायो

जर्गेन क्लोप्पको टिम लिभरपुल फेरि इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ, तर उसले म्यानचेस्टर सिटीसँगको अंक दूरी तीन बनाउने मौका भने गुमायो ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई १–१ को बराबरीमा रोक्यो । पहिलो हाफमा गोल रहित भएको खेलमा लिभरपुलका लागि ६१ औँ मिनेटमा जेम्स मिल्नरले गोल गरे ।

लिभरपुलले अ‍ेलको अन्तिम ८ मिनेट बाँकी हुँदा यो अग्रता जोगाउन सकेन । ८२ औँ मिनेटमा आर्सनलका लागि एलेक्सान्ड्र लाकाजेटीले बराबरी गोल फर्काए । यो बराबरीपछि ११ खेलबाट २७ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको २६ अंक छ ।

पाँचौँ स्थानको आर्सनलको २३ अंक भएको छ । वुल्भ्सलाई ३–२ ले हराएको टोटनह्याम चौथो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २४ अंक भएको छ । राति नै भएको अर्को खेलमा एभर्टनले ब्राइटनलाई ३–१ ले हरायो ।

कात्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्