जनकपुरको होटलमा भारतीय नागरिक मृत भेटिए

सांकेतिक तस्बिर ।

जनकपुरधाम – जनकपुरको मिथिला होटेलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।

भारत विहार राज्य मुजफ्फरपुर लक्ष्मीपुर बेलाहीका ६५ बर्षिय जितेन्द्र यादव आइतबार बिहान होटेलको कोठमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

होटेलका कर्मचारीका अनुसार कात्तिक १५ गते जनकपुर भ्रमणमा आएका यादव २ दिनसम्म दिनभरि घुम्ने र राती मात्रै होटेल फर्कने गरेका थिए र शनिवार राती पनि होटेल फर्केर सुतेका थिए ।

आइतबार बिहानसम्म उनी नउठेपछी कोठा चेकगर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

यादवको ह्दयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कात्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्