विवाहका लागि दीपिकाले किनिन् मंगलसुत्र, मूल्य कति ?

दीपिका पादुकोण

दीपिका पादुकोण र रणवीर सिंह आफ्नो विवाहको तयारीमा व्यस्त छन् ।

यो विवाहलाई बलिउडको ठूलो विवाह मानिएको छ । यो जोडीले १४-१५ नोभेम्बरमा इटालीमा विवाह गर्ने खबर छ । दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड शेयर गरेका थिए ।

यो जोडीको विवाहलाई लिएर हरेक दिन कुनै न कुनै खबर सार्वजनिक भइरहन्छन् ।

पछिल्लो पटक पनि एक खबर सार्वजनिक भएको छ । खबरका अनुसार दीपिकाले आफ्नो विवाहका लागि मंगलसुत्र किनेकी छन् । यो मंगलसुत्रको मूल्य पनि सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ ।

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू