पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेद सबैभन्दा पीडादायी: आमिर खान

आमिर खान/रीना दत्ता

बलिउड अभिनेता आमिर खान आफ्नो निजी जीवनलाई प्रोफेशनल लाइफभन्दा धेरै टाढा राख्छन् ।

आमिर खानले दुईवटा विवाह गरेका छन् । पहिलो विवाह उनले रीना दत्तासँग गरेका थिए । यो विवाहको सम्बन्ध १६ वर्षसम्म कायम रह्यो । त्यसपछि आमिरले किरण रावसँग विवाह गरे ।

धेरै कम मानिसहरुलाई मात्रै यो थाहा होला कि रीना र किरण रियल लाइफमा राम्रो साथी हुन् । आमिर खानले कफी विद करणको छैठौ सीजनमा रीनासँगको सम्बन्धका बारेमा खुलेर कुराकानी गरेका छन् ।

आमिर ने भनेका छन्, ‘रीना र म १६ वर्षसम्म रिलेशनशिपमा रहेका छौँ   जब हामी अलग भयौँ त्यो बेला हामी दुवैको परिवारमा पनि दुःखको क्षण थियो । यो निकै दुःखद क्षण थियो । हामीले मिलेर यो कठिन परिस्थितिबाट आफूलाई बाहिर निकाल्यौँ ।’

‘अलग भएपनि रीना र मैले एकअर्काप्रति माया र सम्मानको भावनामा कमी आउन दिएनौँ । म रीनाप्रति आभारी छु किनभने उनले मलाई आफ्नो जीवनमा स्थान दिइन् । उनले धेरै कुराहरुमा मलाई पूर्णताको आभाष दिलाएकी थिइन् ।’

आमिरको चलचित्र ‘कयामत से कयामत तक’ को शुटिंग चलिरहेका बेला दुवैजनाको विवाह भएको थियो ।

१९८६ मा आमिरले रीना दत्तासँग विवाह गरेका थिए । २००२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । २००५ मा आमिरले किरण रावसँग दोस्रो विवाह गरेका थिए ।

कार्तिक १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्