नेवारी परिकार लाखमरी एक किसिमको रोटी हो।

चामलको पिठो र मासको पिठोको मिश्रणलाई घ्यूमा पकाएर चास्नीमा डुबाएर बनेको रोटी (लाखमरी) पकाएको केही दिनसम्म पनि खाने गरिन्छ। लाखमरी धेरै किसिमका हुन्छन्। जोपस्था, जिप्रसा, मत, चिकंपा, अँय्था, न्या, ब्याँ, भत्तु, आगबेली, गुलिमरी आदि।

लाखमरी बनोट र पर्व अनुसार फरक फरक बन्छन्। यसलाई विवाहको निम्तो दिँदा, तिहारमा भाइमसला दिँदा, स्वस्थानी व्रतको बेलामा आदिमा प्रयोग गरिन्छ।

लाखमरी बनाउन ताइचिन चामलको पिठोलाई राम्रो मानिन्छ।

त्यो सँगै मासको पिठो, घ्यू र चास्नी चाहिन्छ।

प्राय लाखमरी अघिल्लो दिन चामल भिजाएर भोलिपल्छ पिस्ने गरिन्छ।

मासको पनि बोक्रा निकालेर रातभरि भिजाएर नै पिसिन्छ।

पिसिएको चामल र मासको पिठोलाई घ्यू मिसाएर फिटेर नरम बनाइन्छ। आकार अनुसार ताउमा हालिन्छ। खैरो रंगको भएपछि चिनीको बाक्लो चास्नीमा हालिन्छ र निकालेपछि लाखमरी खान तयार हुन्छ।

तिहारको छेकमा देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु: