काठमाडौँ – काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश व्यापारीक केन्द्रहरु तिहारको किनमेलले भरिभराउ छन्। तिहारका लागि चाहिने सामग्रीको खरीद गर्ने ग्राहकहरुको भीड जताततै देखिन्छ।

लक्ष्मी पूजाका लागि चाहिने सामग्री काठमाडौँको सडकपेटीमै पनि प्रशस्तै फिजाइँएको छ। त्यसैगरी, भाइटीकालाई आवश्यक पर्ने सामग्री पनि त्यही अनुपातमा राखिएको पाइन्छ।

सडकमा सबैभन्दा मनमोहक दृश्य चाँहि फूलको व्यापारको लाग्छ। बेलाको व्यापार भनेझैँ सडकपेटीहरु अहिले फूलमाला, रंग तथा तिहारका अन्य सामग्रीहरुले रंगिएका छन्, भरिएका छन्।

त्यसैगरी, काठमाडौँका अन्य व्यापारीक प्रतिष्ठानहरुमा पनि ग्राहकको भीड लागेको छ। नयाँ कपडा, ढाकाटोपी, फूलमाला लगायतका सामग्रीहरुको व्यापार बृद्धि भएको व्यवसायीहरुले जनाएका छन्।