दीपावली पर्वको उल्लास

देशभरि लोडसेडिङ हटेको खुसियालीमा झिलिमिली प्राधिकरण

नेपाल विद्युत प्राधिकरण मुख्यालय। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले तिहारका अवसरमा देशका सबै क्षेत्रमा लोडसेडिङमुक्त भएको घोषणा गरिसकेको छ।

‘बत्तीको झिलिमिलीः देउसी रे!’ भनिरहँदा लोडसेडिङको अँध्यारोमा तिहार मनाउनु पर्ने बाध्यता अन्त्य गरिदिएको नेपाल विद्युत प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय पनि झिलिमिली पारेर सजाएको छ। नेपालको राष्ट्रिय झण्डा तथा दिपावाली २०७५ को शुभकामना पनि प्राधिकरणको अग्रभागमा डिस्प्ले गरिएको छ।

नेपालको राष्ट्रिय झण्डालाई केन्द्रीय कार्यालयको अग्रभागमा देखिने गरी बत्ती जडान गरिएको छ। पहिलो तल्लादेखि छतसम्म नै आकर्षक ढंगले सजाइएको छ। कार्यालय परिसरमा रहेको पर्खालमा पनि विद्युतीय बल्ब लगाइएको छ।

तिहारका अवसरमा सम्भवतः मुलुकभर पहिलो पटक लोडसेडिङमुक्त हुँदैगर्दा नेपाल विद्युत प्राधिकरणले पनि यसको खुशियाली बाँडेको हो।

कार्तिक १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्