जबरजस्ती करणी गरेको आरोपमा घिमिरे पक्राउ

पोखरा – पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मिनुराज घिमिरेलाई जबरजस्ती करणीको आरोप प्रहरील पक्राउ गरेको छ। शनिबार सोही स्थान बस्ने एक महिलाको सुत्ने कोठामा गएर जबरजस्ती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले मौखिक उजुरीको आधारमा घिमिरेलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका घिमिरे मादि गाउँपालिका ५ मिजुरे घर भई ढुङ्गेपाटन बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कात्तिक १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्