छायाँकनको ४६ वर्षपछि पहिलोपटक प्रदर्शन हुने भयो चलचित्र ‘अमेजिङ्ग ग्रेस’

द क्वीन अफ सोलको रुपमा परिचित अमेरिकी गायिका अरिथा फ्र्यांकलिनका बारेमा बनाइएको डकुमेन्ट्री (वृत्तचित्र) अमेजिङ्ग ग्रेस अन्ततः प्रदर्शनमा आउने भएको छ । छायाँकन भएको ४६ वर्षपछि अमेजिङ्ग ग्रेस डकुमेन्ट्री अमेरिकाको न्युयोर्कमा प्रदर्शन हुने भएको हो ।

सन् १९७२ मा निर्देशक सिड्नी पोलाकले बनाएको यो डकुमेन्त्री दशकौँसम्म असम्पादित अवस्थामा रह्यो । वर्षौँको कानुनी झनझटपछि यो डकुमेन्त्री डिओसी एनवाइसी फेस्टिभलमा नोभेम्बर १२ मा पहिलोपटक प्रदर्शन आउने भएको हो । अरिथाको गएको अगस्टमा क्यान्सरका कारण ७६ वर्षको उमेरमा निधन भएको थियो ।

४४ पटक ग्रामी अवार्डमा मनोनयनमा परेकी अरिथाले १८ पटक अवार्ड जितेकी थिइन् । बुवाको चर्चबाट गाउन सुरु गरेकी अरिथाका गीतले राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । उनले सन् १९६७ मा पहिलोपटक ग्रामी अवार्ड जितेकी थिइन् ।

उनले तीन अमेरिकी राष्ट्रपतिको शपथग्रहण समारोहमा गायकी थिइन् । उनले जिम्मी कार्टर, बिल क्लिन्टन र बाराक ओबामाको शपथग्रहण समारोहमा गीत गायकी थिइन् ।

उनी नागरिक अधिकारको वकालतका कारण चर्चित थिइन् । उनलाई इतिहासकै सर्वोत्कृष्ट गायिका मध्ये एकको रुपमा लिने गरिएको छ ।

अमेजिङ्ग ग्रेसको काम प्राविधिक समस्याका कारण सन् २०११ मा सकिएको थियो । त्यसपछि फ्र्यांकलिन र उनका वकिलले चलचित्रलाई रोकेका थिए । तर अहिले उनका पक्षको सहयोगमा कारण प्रदर्शन हुने भएको हो ।

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्