सामसुङले ल्याउँदैछ फोल्ड गर्न मिल्ने स्मार्टफोन, परिवर्तित लोगोले दियो संकेत

सामसुङले फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । फोल्ड गर्न मिल्ने गरी सामसुङले ग्यालेक्सी एक्स ल्याउने तयारी गरेको भन्ने खबर लामो समयदेखि चल्दै आएको थियो ।

अन्ततः सामसुङ फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने तयारीको अन्तिम चरणमा पुगेको र नोभेम्बर ७ देखि हुने सामसुङ डेभलपर सम्मेलनमा यसको घोषणा हुने सम्भावना छ ।

सामसुङले आफ्नो लोगो परिर्वतन सहितको तस्बिर फेसबुकमा पोस्ट गरेको छ, यसबाट फोल्ड गर्न मिल्ने फोन आउने तयारी पूरा भएको संकेत गर्छ । तर अहिलेसम्म त्यसको डिजाइन बारे कुनै संकेत मिलेको छैन ।

कार्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू