तिहारे फूल र बत्तीले घरगाउँ तथा शहर बजार गुल्जार छ । किनमेलमा व्यस्त दिदीबिहीनीहरुलाई भाइटीकाको तयारीले फुर्सद छैन । चाडको मौसम त हो, तर खेतीपाती हुनेका लागि भने चाडसँगै अन्नको पनि ख्याल गर्नुछ ।

कतै धान काटियो भने कतै काटिँदैछ । काठमाडौँ उपत्यकाका छान खेती हुने प्रायः क्षेत्रमा काटेर धान घर ल्याउने काम सकियो । तर वर्षभरिका लागि चाहिने धान व्यवस्थित रुपमा थन्क्याउनका लागि चाल्ने, सुकाउने र त्यसलाई सफा पार्ने काम भने भइरहेको छ ।

तिहारकै बिचमा किसानहरु धानमा रहेको धुलो उठाउन, सिकाउन तथा त्यसलाई ओल्टाइपल्टाइ गर्नमा पनि लागेका छन् । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले ललितपुर र भक्तपुरका केही ठाउँमा धानको ह्याहार गर्दै गरेका किसानहरुको कर्म तस्बिरमा समेटेका छन् ।

 

कात्तिक २०, २०७५ मा प्रकाशित