कृषिको विकासका लागि ३ तहको रणनीति तयारः गोकर्ण बिष्ट

गोकर्ण बिष्ट।

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले कृषि क्षेत्रको विकासका लागि सरकार आवश्यक लगानीको व्यवस्था गर्न क्रियाशील रहेको बताएका छन्।

बिष्टले कृषिजन्य वस्तुको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्न सरकारले व्यापार नीति, औद्योगिक नीति र दीर्घकालीन कृषि रणनीति तय गरेको पनि स्पष्ट पारेका हुन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बिष्टले उत्तरदायी व्यवसाय सञ्चालनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था तर्जुमा गरिरहेको दावी गरेका छन्।

मन्त्री बिष्टले कृषि क्षेत्रको विकासको लागि श्रमिक मैत्री वातावरण निर्माणमा पनि सरकारले जोड दिएको बताए। कार्यक्रममा कृषि व्यवसायप्रति उत्तरदायी बनाउने नीतिगत र संरचनागत आधारका विषयमा पनि छलफल गरिएको थियो।

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्