कुकुर तिहार

नेपाल प्रहरीका यी अधिकृत कुकुरहरु! (फोटो फिचर)

काठमाडौं- नेपाल प्रहरीका तालिमप्राप्त कुकुरहरुको रेखदेख गर्ने इकाइले यसपालि पनि भव्य रुपमा कुकुर तिहार मनाएको छ। कुकुर तिहारको दिन शाखाले बिहानै अपराधी पत्ता लगाउने नेपाल प्रहरीका कुकुरहरुको पूजा कार्यक्रमको आयोजना गरेको हो।

नेपाल प्रहरीका कुकुरहरुले नेपाल प्रहरीका अधिकृत तथा जवानहरुको भूमिका निर्वाह गरिरहेका हुन्छन्। प्रहरीका चौपाया सिपाहीहरु महाराजगन्जमा रहेको केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा प्रशिक्षित हुन्छन्।

कुकुरहरु पूर्ण रुपमा प्रशिक्षित हुन्छन् र उनीहरुले घटनास्थलमा पाइने गन्धका आधारमा अपराध अनुसन्धानमा प्रहरी टोलीलाई सघाउँदै आएका छन्।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

 

कार्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्