सूर्यविनायकमा खुल्यो शाकाहारी मधुवन स्विट्स

काठमाडौं- तिहारको मौका पारेर मंगलबार भक्तपुरको सूर्यविनायकमा मधुवन स्विट्स सञ्चालनमा आएको छ।
स्विट्सका सञ्चालक सकुमार खड्काले ग्राहकहरुको चाहनालाई ध्यानमा राखेर गुणस्तरीय परिकारहरु उत्पादन गर्ने गरेको बताए।
यसका साथै स्विट्समा शाकाहारी परिकार मात्र उपलब्ध हुने र निकट भविष्यमा अन्य स्थानहरुमा आफ्नो शाखा बिस्तार गर्ने पनि खड्काले बताए।
खानेकुरा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने साथै सुलभ मूल्यमा उपलब्ध गराउने समेत अर्की सञ्चालक दिपा सञ्जेलले बताइन्।