मदरसा बोर्ड गठन गर्ने प्रदेश–२ का मुख्यमन्त्रीको घोषणा

जनकपुरधाम – प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायका लागि प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्न लागेको बताएका छन्।

महोत्तरीको गौशालाको मदरसा गौसिया इमदादुल गुर्वाद्वारा आयोजित कार्यक्रममा राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पनि बढी पछाडि परेकाले सरकार मदरसा बोर्ड गठन गर्न लागेको बताएका छन्। मदरसा बोर्ड मुस्लिम समुदायका हरेक समस्या समिटिने उनको भनाई थियो।

वर्तमान समयमा मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्ने आवश्यक रहेकाले अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अंग्रेजीजस्ता विषयलाई समावेश गरिने बताएका छन्।

शिक्षाको परिवर्तन बिना समाजको परिवर्तन हुनै नसक्ने दावी गर्दै उनले समाजमा चिन्तन परिवर्तन गर्नुपर्ने अति नै आवश्यक रहेको धारणा राखेका छन्।

मुख्यमन्त्री राउतले समाज परिवर्तनका लागि निसहाय, गरीव, विपन्न र दलित समुदायलाई शैक्षिकस्तरमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताएका छन्।

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्