वि.स. २००७ साल अघिसम्मा एकतन्त्री शासनले आफ्नो ज्वालाको प्रभाव कायमै राखेको थियो। त्यो ज्वालाबाट जनताहरु जलिरहेको देखेर कविको हृदय पनि उकुसमुकुस भएर आयो।उहाँले पढाउँदा प्रजातन्त्र भनेको यस्तो हुन्छ, सच्चा राजतन्त्रमा यस्तो गुण हुन्छ।

साथै नेपालमा प्रजातन्त्रको आवश्यकताको पाठ सुनाउनु हुन्थ्यो। चेतना दिन व्यरङ्ग्यप भएका कविता लेखेर तथा विद्यार्थीलाई प्रजातन्त्रको पाठ पढाएर पनि कविको चित्त शमन हुन सकेन।

क्रान्तिको राँको फैलाउन उकुसमुकुस भइ कवि आफैं अघि बढ्न कम्मर कस्नु भएको थियो। देवकोटाको यस्तो किसिमको क्रियाकलाप देख्दा पूर्णबहादुर एम.एले कविसँग कुरा गर्दा थाहा पाउनु भएको थियो।

एम.एले प्रेम बहादुरको कैसाकारसहित यही विषयमा कुरा चलाउनु भएछ।साथै कांग्रेससित देवकोटाको सम्बन्ध बाँधिन पाए राष्ट्रिय संघर्ष बलियो हुने कुरा पनि भन्‍नुभएछ।

केदारमान व्‍यथित र प्रेम बहादुरले देवकोटालाई मौका पारेर यो कुरा पनि भन्‍नु भएछ। यसको लगत्तै बेथितको सल्लाह अनुसार कवि यसमा विषयमा घरमा सुँइको नै नदिइ वि.सं.२००४ सालमा श्रावण ३ गते प्रेमबहादुरसित बनारस तर्फ लाग्नुभयो।

घरका जहानहरु अन्योतलमा पर्नुभयो।पहिले बेपत्ता भएको ठाउँ पनि पत्तो लागेन। पछि बनारसतर्फ जानुभएको कुरा बुझियो।देवकोटा नपाली राष्ट्रिय कांग्रेसमा सम्मितलित भएको खबर राणाशाहीले थाहा पाएपछि उहाँको घरमा सिपाहीको ताँती लाग्‍न थाल्यो। कलेजमा सोह्र दिन गयल भनी उहाँको सेवामा खाली जनाइयो।

२०-२५ जनजाति सिपाही आएर कविको घरमा खानतलासी गर्न थाले।कोठाचोटामा सिपाहीहरुले चहारी हरेक वस्तु उधिनेर हेरियो। माहिला छोरा कृष्णप्रसाद टाइफाइडले सिकिस्त भई बिछ्यौना मुनि परिरहनु भएको छ। बिरामीको देहले अन्तिम सास फेर्न खोजिरहेको छ।तर सिपाहीहरुको हुल ड्याकङड्याङती आएको सुन्दा ‘बुवा चाँडै आउनुभयो’ भनी बिरामीको स्वर निस्किरहेको छ। श्रीमती देवकोटा बिरामीलाई ‘बुवा चाँडै आउनुहुन्छ’ भनी आश्‍वासन दिँदै पानीको घुट्को पिलाउँदै हुनुहुन्छ।

अर्कोतिर खानतलासी गर्नेले केरेको जवाफ दिने बाध्यता छ राणाशाहीका डरबाट। कांग्रेसमा लागेका घर भनी इष्टमित्र, छरछिमेकी, बान्धव सबै टाढा भइसकेका थिए। घरमा खान-लाउनलाई अन्न,पैसा केही थिएन।अर्कोतिर त्यत्रो बिजोग घरमा परिरहेको छ। छोरा कृष्णप्रसाद बिरामी छन्।

बिरामीलाई औषधिको प्रबन्ध थिएन।श्रमती देवकोटालाई वरिपरी अन्धकारले घरेरिरहेको छ। कृष्णप्रसादको उमेर मात्र ११ वर्षको थियो। उहाँलाई ब्यथाले च्याप्दै लग्यो।

२००४ साल आश्विन २० गते छोराको निधन भयो। ठूलो दसैँको मुख पितृपक्षमा पुत्रशोक परी दयनीय अवस्थामा देवकोटाको परिवारलाई दैव चोट पनि पर्‍यो। त्यो लाश उठाउने मानिस पनि पाइएन। बेलुका ४ बजेको समयमा कुनै दयालु आत्माको सहयोगबाट लास उठाएर अन्तिम संस्कार भयो। यो थियो देवकोटाको घरको दारुण वियोगको घटना। यता, सरकारले घरमा खान तलासी गरेर घर नै रोक्‍का गरिदियो। देवकोटा बनारस पुगेर राष्ट्रिय कांग्रेसमा भाग लिनुभयो।

उहाँ ब्रह्माघाटमा भट्टराई बन्धुको घरमा बस्नुहुन्थ्यो।क्रान्तिको नारा लगाएर राणाशाहीलाई खत्तम पार्न कांग्रेसले त्यतिबेला ‘युणवाणी’ नामक पत्रिका चलाएको थियो। देवकोटा त्यसबेला त्यही युगवाणीको सम्पादन कार्यमा संलग्‍न  हुनुभयो। अब क्रान्तिको विगुल कविको कलमले जोडतोडले फुक्न थाल्यो। लेखहरु नयाँ भावका निस्किन थाले। वि.सं. २००५ सालमा देवकोटाले सरल, छोटो र छरितो नेपाली झ्यालरे कविता ‘ पहाडी पुकार’ लेख्नुभयो।

उहाँ उक्त कविता रक्सौल आएर लेख्नु भएको हो। त्यतिबेला कविताको पुस्तिका जन प्रकाशनालय रक्सौलले २००५ साल भाद्रमा प्रकाशन गरेको थियो। यस कविताका माध्यमबाट देवकोटाले निरङ्कुश शासनको रुप देखाएर नेपालीहरुको आर्त ध्वनी प्रकट गर्नु भएको थियो।उहाँले नेपालीहरुको सोचनीय अवस्था झल्काई क्रान्तिको राँको फैलाउने प्रयत्‍न गर्नु भएको थियो।

नेपालीहरुलाई चेतना प्रदान गर्न त्यातिबेला पहाडी पुरकारले महत्वपूर्ण भूमिका खेलेको थियो।कवितामा देशको वास्तविक राजनीति, सामाजिक, आर्थिक घटना देखाएर अधिकाका निम्ति सबैलाई जागृत बनाउन सफल हुनुभयो देवकोटा। किनकी कविताले दिनदु:खीमाथि सहानुभूति प्रकट गरी संघर्ष गर्न सबैलाई आह्वान गरेको छ। भिरालो जमिनमा स्याउले झुप्रो बल्लतल्ल बनाएर, ढिडोको भरमा पसिना तरमा’ जीवन धानिरहेका प्राणीहरुलाई गएगुज्रेको शासनको रुप छर्लङग देखाइ जनताहरुको हक राम्रोसँग चिनाए उनले।त्यरबेला उनले गरीबका निम्ति यसरी आवाज बनेर काव्यन भावमा यसरी उत्रिएका थिए।

झ्याल खानामा कुहिन्छन्।
रुखमा फुल्छन्, खोली पो खन्छन्

महाकविले अमर व्यक्तिहरुको सम्झना लिएर आफ्नो अधिकार लिन जनसमक्ष पुकार गर्दै भनेका थिए

सफा र सुग्घर राम्रो र दरो
खाएको, पिएको
कमाउँदो, जिउँदो, रातो र पीरो

यसका साथै कविले सबैलार्इ एक जुट हुन र संघर्षका मोर्चा बनाउन उत्साह दिइएको छ। यसैले कवि कविताको अन्त्यमा

सुत्दैनौं हामी, उड्नेछौं सारा
र्इश्वरको नाममा
अन्‍न र वस्त्र घर लिइ छोड्छौं
इन्साफको नाममा
ज्यानै पो जाओस्, प्राणै पो जाओस्
पर्वाह गर्दैनौं
मानिसलार्इ चाहिने हक नलिर्इ छोड्दैनौं
मर्नु त एकदिन अवश्य पर्छ
पशु झैं नजिउँ
मानिस हुँ भने मानिस झैं जिउँ
मानिसको हक लिउँ

यसरी कविले लोकगीतको माध्यमबाट क्रान्तिकारी भाव जनसमक्ष उतार्नुभएको थियो। पहाडी पुकारको रुपमा रहेको नेपाल पुकारले सबैको हृदय ओगटेको थियो। फलस्वरुप वि.सं.  २००४ सालको क्रान्ति सफल हुन सजिलो भएको थियो। यो कविताको लोकप्रियताले गर्दा यसको ५००० प्रति तुरुन्त नै प्रचारित भएको थियो। क्रान्तिकारी संघर्षलार्इ अमर बनाएर राष्ट्रलार्इ ज्योति दिन कवि अघि बढ्दै जानुभयो। युगवाणीमा प्रकाशित ‘राजा कसरी गर्छन् राज’, नंपुसक आदि कविका कथाहरु नयाँ समाजका निमित्त अघि बढेका थिए। यस बखतमा कविले आफ्नो कविता बेचेर काम चलाउनुभयो। त्यस्तै उहाँका सहयोगीहरुले पनि उहाँका निकै कविता बेचेर काम चलाए।

कविको परिवार काठमाडौंमा टिक्न नसकेर २००४ सालको अन्त्यतिर उहाँका जेठा छोरा प्रकाशप्रसाद र २००५ सालको आधा सालतिर श्रीमती देवकोटा पनि बनारस जानुभयो। दु:खोको भूमरीमा पर्नु भएकी बज्यैाले तकलीफ पाएर आखिरी ब्रह्म घाटमा बस्नुमभएका महाकवि देवकोटालाई भेट्नुभयो। कविको हालत पछिपछि त ज्याँदै गएगुज्रेको हुन थाल्यो ।

महाकविले किताब र कविता लेखेर भाषानुवाद परिषद् र प्रकाशिनी समितिको पोका भरिदिनुभयो। मुनामदन, यात्री, पृथ्वीराज चौहान, भरत मिलन, भोटको लडाई, कृषिवाला, लुनी, म्हेन्दु, कृष्णाष्टमी, कवितासंग्रह, तुसार वर्णन, तिप्लिङ, तारा, गाइने गीत बालकविता, दुष्‍यन्त शाकुन्तल, वनकुसुम, हरिशचन्द्र काव्‍य, प्रदर्शनी, निबन्ध संग्रह, रावण-जटायु युद्ध, महाराणा प्रताप, कविता कुञ्‍ज, सीताहरण लगायत सबै पुस्तकहरु उहाँले २०१५ सालभित्र प्रकाशन गर्नुभयो।

(महाकवि देवकोटाका छिमेकी नित्‍यराज पाण्डेसँग देश सञ्‍चारका वरिष्ठ उप-सम्पादक सहदेव चौधरीले गरेको कुराकानीमा आधारित)

कार्तिक २१, २०७५ मा प्रकाशित