साङ्केतिक तस्बिर

काठमाडौँ – कैलालीको धनगढीबाट २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । धनगढीका विभिन्न स्थानमा जुवा खेलीरहेका उनीहरुलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

धनगढीको वडा नम्बर ३ बाट ९ जनालाई १ लाख ३० हजार नगद र वडा नम्बर १ बाट ११ जनालाई एक लाख ४५ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका २० जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको र उनीहरुलाई जुवा कसुर अन्तर्गत कारबाही सुरु गरिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

कात्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्