फोटो फिचर

सडकमा गाई अलपत्र छन्, पूजा गर्न आश्रमको खोजी

दाङ–गाई पाल्ने क्रम घट्दो छ । पालिएका गाई पनि सडकमा छाडिएका छन् । गाउँ घरमा गाई पाईन छोडेपछि स्वर्गद्धारी आश्रममा रहेका गाई खोजी खोजी पूजा गर्न थालिएको छ ।

गाउँमा गाई नपाइएपछि पाँच किलोमिटर टाढा रहेको स्वर्गद्धारी आश्रम वनगाउँ पुगेर लमही–६ निवासी पुतला गौतमले गाईको पूजा गरिन् । ‘गाई पाल्न छाडिहालीयो । गाउँमा पनि भेटिदैन्’उनले भनिन्–‘गाई खोज्दै यहाँ आएर पूजा गरियो ।’

हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको बुधबार, तेस्रो दिन । सामूहिक रुपमा गाईको पूजा गरी मनाईएको छ । लमही नगरपालिका वडा नम्बर ३ वनगाउँ स्थित स्वर्गद्धारी आश्रममा रहेका एक सय ४० गाईको सामूहिक पूजा गरिएको आश्रमका प्रमुख हरी अधिकारीले जानकारी दिए ।

‘वनगाउँमा एक सय ४० गाई छन् । स्वर्गद्धारी मन्दिर प्यूठानमा चार सय ५० गाई छन् । आज गाईहरुको सामूहिक पूजा गरिएको छ’ उनले भने–‘अन्य वर्षभन्दा यस वर्ष गाउँ गाउँ बाट गाई पूजा गर्न आश्रममा आउनेहरुको संख्या बढेको छ ।’

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्