आज लक्ष्मी पूजा

गौमातालाई यसरी पूजियो गौशालामा (फोटो फिचर)

काठमाडाैँ – यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरि मनाईदैछ ।

हिन्दु धर्मावलम्बीहरुले गाईलाई लक्ष्मीका रुपमा पूजा गर्ने चलन बमोजिम आज घरघरमा गाईको पूजा गरिरहेका छन् ।

पछिल्लो समय मानिसहरुले गाई पाल्न छोडेका छन् तर गाईप्रतिको श्रद्धा भने कम भएको छैन । जसका कारण लक्ष्मी पूजाको यो विशेष दिनमा गाईको पूजा गर्नका लागि मानिसहरु गौशाला तथा आश्रमहरुसम्म पुग्ने गरेका छन् ।

पछिल्लो समय विज्ञानले पनि गाई, गाईबाट उत्पादन हुने दुग्द्य पदार्थ, गौमुत्र तथा गोवर मानवीय जीवनका लागि निकै उपयोगी रहेको पुष्टि गरिसकेको छ । त्यसैले विश्वभर गाईको महत्व झनै बढीरहेको छ ।

आमाको रुपमा पनि पूजा गरिने गाईलाई हिन्दु धर्मावलम्बीहरुले लक्ष्मीपूजाका दिन मिठामिठा परिकारहरु पनि खुवाउने गरेका छन् ।

काठमाडौँको गौशालामा पनि श्रद्धा र आस्थाको प्रतिक गाइलाई विशेष रुपमा पूजा गरिएको छ । जहाँका तस्बिरहरु देश सञ्चारकी बर्षा शाहले क्यामेरामा यसरी कैद गरिन् ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू