राप्रपा एकीकरणका लागि थापाले भेटे लोहनी

काठमाडौँ – राप्रपा घटकबीच एकता गर्नका लागि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीबीच छलफल भएको छ ।

तिहार लगत्तै पार्टी एकीकरण गर्ने उद्देश्यसहित थापाले भेटघाट तीव्र बनाएका हुन् । उनले मंंलबार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरसँग पनि कुराकानी गरेका थिए ।

समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार छलफल सकारात्मक ढंगले अघि बढिरहेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

गत वर्ष भएको प्रदेश र प्रतिनिधिसभाको चुनाव अघि राप्रपा विभाजित भएको थियो ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू