रिलीजभन्दा पहिले जानौँ ‘ठग्‍स अफ हिन्दुस्‍तान’ को कहानी

आमिर खान र अमिताभ बच्चन को ‘ठग्‍स अफ हिन्दुस्‍तान’ ८ नोभेम्बरमा रिलीज भइरहेको छ । चलचित्रको ट्रेलरले दर्शकहरुमा यसको कहानीलाई लिएर ठूलो उत्सुकता पैदा गरेको छ ।

ठग्‍स अफ हिन्दुस्‍तान को कहानी १८३९ मा आएको ‘कन्फेशन अफ द ठग्‍स’ नामको उपन्‍यासमा आधारित रहेको छ।

यो १७९० देखि १८०५ को बीचको कहानी हो । ब्र‍िट‍िश इण्डियाको समयमा उत्‍तर प्रदेशमा सक्रिय ठग को कहानी, जो अंग्रेज सरकारको टाउको दुःखाई बनेका थिए ।

चलचित्रमा आमिर खान फिरंगीको भूमिकामा छन् । अमिताभ बच्‍चनले आजाद नामको ठगको भूमिका निर्वाह गरेका छन्, जो भारतको आजादीका लागि अंग्रेजसँग लडाई गरिरहन्छन् । उनले अंग्रेजको जहाज अपहरण गर्छन ।

जब ब्रिट‍िश सरकार यो ठगका कारण समस्यामा परेको हुन्छ र त्यसविरुद्ध उस्तै देखिने अर्का एक ठग खडा गर्छ जसको नाम हो फिरंगी । उनी आजादका विरुद्ध अभियान चलाउछन् । तर अन्तमा आफ्नो गल्ती स्वीकार गरेका उनले आजाद अभियानमा सहभागीता जनाउछन् र दुवैजना मिलेर अंग्रेजका विरुद्ध अभियान चलाउछन् ।

यो चलचित्रमा पहिलो पटक अमिताभ र आमिरको जोडी देख्न पाईनेछ ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू