गच्छदारलाई उपसभापति बनाएपछि कांग्रेसमा किचलो

देउवाले जथाभावी गर्न थालेकाे भन्दै प्रकाशमान आक्रोशित

प्रकाशमान सिंह ।

काठमाडाैँ – नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता सिंहले पार्टी विधानको प्रावधान विपरित सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

काठमाडौँको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लवले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै आक्रोश पोखे ।

नेता सिंहले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिए ।

आफूसँग बहुमत छ भन्दैमा सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ । मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो ।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दबाब दिनुपरेको पनि स्पष्ट पारे ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू