देवकोटा निवासलाई सरकारले स्मृति संग्रहालय बनाउँछ- प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्‍मी प्रसाद देवकोटाको जन्‍मघरलाई सरकारले खरिद गरेर संग्रहालय बनाउने बताएका छन्।तिहारको तेस्रो दिन लक्ष्मीपूजाको शुभ साइतमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्‍जाल ट्विट मार्पत सो कुरा बताएका हुन।

प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मुल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रुपमा स्थापित गरिनेछ। जहाँ, उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन्।’

यस्तै प्रधानमन्त्री ओलीले देवकोटासँगै विश्‍वस्तरीय नेपाली साहित्‍यकारहरुको जीवनसँग जोडिएका तथ्‍य र सामग्रीहरु उक्त संग्रहालयमा रहने उल्लेख गरेका छन्। उनले नेपाली साहित्‍यलाई विश्‍वस्तरमा चिनाउने विराट प्रतिभा महाकवि देवकोटाकव जन्‍मजयन्तीमा शुभकामना समेत व्‍यक्त गरेका छन्।

यसअघि महाकविको डिल्लीबजारस्थित घर संरक्षणको खोजीमा रहेँदै आएको छ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू