साढे ३ लाख रुपैयाँको पटाखा नष्ट गरियो

विराटनगर – मोरङको विभिन्न स्थानबाट बरामद गरिएको करिब साढे ३ लाख रुपैया बराबरको पटका सशस्त्र प्रहरी बलको ३ नम्बर गणले नष्ट बुधबार गरेको छ।

पटाखा बिक्रीवितरण तथा प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको छ। सोही क्रममा सशस्त्र प्रहरीले मोरङको विभिन्न स्थानमा चेकजाँचका क्रममा बरामद गरेको हो।

सोही क्रममा ३ नम्बर गणका गणपति प्रहरी उपरीक्षक मनिष थापा, बुढीगंगा गाउँपालिका–१ का अध्यक्ष युवराज पौडेलको रोहबरमा बरामद गरिएका पटाखा नष्ट गरिएको हो।

यस क्रममा १ हजार ५ सय रुपैयाँसम्मको पटाखा रहेको प्रहरीले जनाएको छ। पटाखा प्रहरी कार्यालयकै क्षेत्रभित्र खाल्डो बनाई पुरिएको छ।

विराटनगर र भारतको सीमावर्ती क्षेत्र जोगबनीको बजारमा वडा दसैँ तथा तिहार र छठ पर्वका अवसरमा खुल्ला रुपमा बिक्रीवितरण हुने गरेको छ।

तथापि अवैध रुपमा जोगवनीसँगै अन्य खुल्ला नाकाबाट यो समय करिब १ करोड रुपैयाँ बराबरको पटाखाको कारोबार हुने गरेको बताइन्छ।

यसरी खुल्ला सीमाबाट भित्रिने पटाखाहरु काठमाडौँ लगायत पहाडी बजारसम्म पुग्ने गरेकाले प्रहरीले राजमार्गहरुमा चेकजाँचमा कडाई गर्दै आएको छ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्