छड प्रहार गरी एकजनाको हत्या

सांकेतिक तस्बिर

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या भएको छ ।

बुधबार राति हेटौँडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समूहले राना मगरको हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँचजनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्