प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी, यसरी हसाए

केपी शर्मा ओली।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

चिकित्सकहरुको परामर्शमै ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औँ जन्मजयन्तिको अवसरमा काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सार्वजनिक भएका प्रधानमन्त्री ओलीले सदाझैँ व्यंग्य मिश्रित भावसहित भाषण गरे।

उनले भाषणको सुरुवातमै सबैलाई प्रमुख अतिथि भनेपछि हल हाँसोले गुञ्जयमान भएको थियो। त्यस अवसरमा ओलीले महाकवि देवकोटा जस्तो विद्धान कवि विश्वमा कहीँपनि नभएको पनि स्मरण गराएका छन्।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गरे। उनले अत्यधिक धुमपान गरेर देवकोटाले गम्भीर भुल गरेको तथ्य पनि त्यस अवसरमा स्मरण गराए।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता वाचन गरेका थिए।

यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरुले दिएको सुझाव अनुसार नै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी उल्लेख गर्दै त्यसले कुनै असर नपार्ने वरिष्ठ चिकित्सक अरुण सायमीले बताएका छन्।

प्रधानमन्त्री ओलीसँगै महाकवि देवकोटाको जन्मजयन्ति कार्यक्रममा भएका सायमीले कला र साहित्यमा मरिमेट्ने प्रधानमन्त्री ओलीलाई धेरै नबोल्न पुनः सुझाव दिए।

ओली छातीमा समस्या देखिएपछि तीन साताअघि महाराजगञ्जस्थित मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका थिए।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू