जिम्‍बावेमा दुइटा बस जुध्दा ४७ जनाको मत्‍यु

जिम्‍बाबे- दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा ४७ जनाको ज्‍यान गएको छ। खराब सडकमा ड्राइभरले जथाभावी तरिकाले बस गुडाएपछि  दुर्घटनामा परी मानिहरुको ज्‍यान गएको जिम्‍बाबे प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता पल न्‍याथीका अनुसार बुधबार साँझ राजधानी हरारे राजधानीभन्दा करीब १७० किलोमिट (१०५ माइल) पूर्वमा रसप नजिकै विपरीत दिशाबाट आइरहेका दुई बस आपसमा जुधेका थिए। दुर्घटनाग्रस्त बसमा धेरैजना गम्भीर घाइते भएकाले मृत्‍यु हुनेको संख्‍या बढ्‍न सक्‍ने प्रहरी प्रवक्ताको भनाइ छ।

बस दुर्घटना जिम्बाबेमा सामान्‍य भइरहे पनि यो दुर्घटनाले सबैलाई झकझक्याइ दिएको प्रहरीको भनाइ छ। यहाँ तीव्र गतिमा गाडी चलाउनाले अधिक पैसा पाइन्छ।

कात्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्