क्यालिफोर्नियाको एक बारमा अन्धाधुन्ध गोली चल्यो, थुप्रैको ज्यान गएको आशंका

क्‍यालिफोर्निया- दक्षिणी क्‍यालिफोर्नियाको एक बार एण्ड डान्स क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा थुप्रै ज्यान गएको आशंका सुरक्षाकर्मीले गरेका छन्।

बुधबार मध्यरातमा लस एन्जलस नजिकैको थाउज्यान्ड्स ओक्स क्षेत्रमा रहेको उक्त बारमा ती बन्दुकधारी पसेर अन्धाधुन्ध गोली बर्साएका थिए।

अन्धाधुन्ध गोली चलाउने ती बन्दुकधारीको पनि ज्यान गएको सुरक्षाकर्मीले जानकारी दिएको छ।

कलेजको पार्टी भइरहेको उक्त बार आगन्तुकहरुले भरिभराउ भएको बेला बन्दुकधारीले गोली चलाएका थिए। घटनामा ज्यान जानेको संख्या प्रहरीले यकिन गरिसकेको छैन।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले गोली चलाउन थालेपछि बारमा आतंकको अवस्था सिर्जना भएको थियो। त्यहाँभित्र भएकाहरु कोही झ्याल फोरेर भागेका थिए भने केही बाथरुम र एटिकमा लुकेका थिए।

 

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू