को-को पुगे कानुनवेत्ता कुसुम श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन? (फोटो फिचर)

अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल बारको प्रांगणमा राखिएको वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निर्जीव शरीर। तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- वरिष्ठ अधिवक्ता तथा संविधानका ज्ञाता कुसुम श्रेष्ठको अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस, नेकपा तथा अन्य दलका नेताहरु, कानुन क्षेत्रका विशिष्ट व्यक्तिहरु तथा अन्य क्षेत्रका व्यक्तिहरु पुगेका छन्।

बुधबार निधन भएका संविधानविद् कुसुम श्रेष्ठलाई बिहीबार अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेदेखि ४ बजेसम्म नेपाल बार एसोसिएसनको प्रांगणमा राखिएको थियो।

उनलाई श्रद्धाञ्जली दिन नेकपाका सुवासचन्द्र नेम्वाङ, कांग्रेसका शेखर कोइराला, पूर्णबहादुर खड्का, अर्जुनसिंह केसीलगायत थुप्रै नेता तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरु पुगेका थिए।

उनको केही बेरमा अन्त्येष्टि गरिनेछ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्