हेर्दै खाऊँ-खाऊँ लाग्‍ने पान (फोटो फिचर)

काठमाडौं- चिटिक्क परेको टपरी, त्‍यसमाथि आकर्षक तरिकाले रातो रिबनले बाँधेर प्लास्टिकमा सुन्दर आकार प्‍याकिङ गरिएका पान। हेर्दै खाऊँ-खाऊँ लाग्‍ने। राजधानीको कमलपोखरीस्थित यो पान पसलमा पान खान दैनिक हजारौं मानिसहरु आउने गरेका छन्।

तिहारको भाइटीकाको पूर्व सन्ध्यामा मिठा पानको बिक्री झनै बढेको छ। यो मात्र होइन, राजधानीका अन्‍य पान पसलहरुमा पनि यतिबेला मानिसको भीड लागेको छ, पान किन्‍न। भाइटीकामा दाजुभाइलाई दिने भागमा पान पनि राखिएको हुन्छ। त्‍यही भएर पान पसलेहरुलाई आकर्षक पान बनाएर विक्री गर्न भ्याइ नभ्‍याइ छ।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामेरामा कैद गरेकी छिन्।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू