जुवाको खालबाट ७ जना पक्राउ, घरमुली पनि समातिए

इलाका प्रहरी कार्यालय गढवा।

दाङ – दाङको गढवाबाट जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। जुवाको खालबाट ४३ हजार एक सय ५० रुपैयाँ बरामद भएको छ।

जुवा खेलिरहेको अवस्थामा राजन रोका बाट तीन हजार, राजमल यादवबाट १० हजार ७ सय ७० रुपैयाँ, मोहनसिंह बुढामगरको साथबाट १४ हजार, सौगात चौधरीको साथबाट चार हजार ८ सय, हेमराज रिजालबाट १ लाख रकम बरामद

भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गोलेले बताएका हुन्। साथै घरधनी नारायण पोखरेललाई पनि प्रहरीले पक्राउ गरेको छ। जुवा खेल खेलाउने र संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्