विद्युतीय सामग्रीको कारोवारमा बृद्धि

तेह्रथुम – यस वर्षको तिहारमा तेह्रथुममा विद्युतीय सामग्रीको कारोवारमा बृद्धि भएको छ। तिहारको समयमा आवश्यक पर्ने विद्युतीय सामान किनमेल गर्नेहरुको भीडभाड विगतभन्दा बढेको व्यापारीहरुले जनाएका छन्।

तिहारको समयमा म्याङलुङ, वसन्तपुर, शुक्रबारे, संक्रान्ति, जिरिखिम्ती लगायतका बजारमा विद्युतीय सामान खरीद बिक्रीका लागि पुग्ने ग्राहकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको स्थानीय व्यापारी तुलसी ढकालले जानकारी दिए।

तिहारको समयमा यस्ता सामान किन्न आउने उपभोक्ताको संख्यामा बृद्धि भएसँगै मागअनुसार सामग्री पुर्याउन नसकिएको व्यापारीहरु बताउँछन्। गएको एक सातायता विगतको तुलनामा ९० प्रतिशतभन्दा बढीको कारोवार भएको व्यापारीको भनाई छ।

कात्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्