दीपावलीमा बालिएको दीयोले लियो बालकको ज्यान

सांकेतिक तस्बिर

जनकपुरधाम – सलार्हीमा दीपावलीका लागि जीपमा दीयो बालेर सुतेका एक जनाको ज्यान गएको छ।

जिल्लाको ब्रम्हपुरी गाउँपालिका–७ नोकेलवामा बीआर०६एपी २०१८ नम्बरको बुलेरो जीपमा दीपावलीको बत्तीले आगो सल्किँदा जीपभित्र सुतिरहेका १२ वर्षीय धनिकलाल रायको ज्यान गएको हो।

स्थानीय रामलाल रायको आँगनमा पार्किङ गरेर राखेको जीपमा आगो लाग्दा उनका छोराको मृत्यु भएको हो। जीप पूर्ण रुपमा जलेको जनाइएको छ।

यस्तै, गएराति चन्द्रनगर, गोडैता, रामनगर लगायतका स्थानमा आगो लाग्दा १४ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ।

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्