नेपाल संवतमा नेवार समुदायको मोटरसाइकल र्‍याली

नेवार समुदायले विराटनगरमा निकालेको मोटरसाइकल र्‍याली। तस्बिर: देशसञ्चार

विराटनगर- नेपाल संवत ११३९ को अवसरमा विराटनगरमा नेवार समुदायले सद्भाव मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

विराटनगरस्थित झीः पुचबाट निकालिएको मोटरसाइकल र्‍यालीले महानगरको विभिन्न भागको परिक्रमा गरेको थियो। त्यसैगरी झीः पुच परिसरमा सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ।

संग्रहालय स्थापनाका क्रममा झीः पुचका महासचिव भविषकुमार श्रेष्ठले संग्राहलयमा ६० प्रतिशत नेवारी समुदाय र ४० प्रतिशत अन्य समुदायको पहिचान झल्कने सामग्री राखिने जानकारी दिए। यसका लागि सबै तयारी गरिएसँगै स्रोत व्यक्ति तथा विभिन्न संस्थासँग सामुदायिक पहिचानका सामग्री संंकलन गरिने महासचिव श्रेष्ठले बताए। संग्रहालयलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि ५० लाख रुपैयाँ खर्च हुने बताएका महासचिव श्रेष्ठले भने, ‘आवश्यक पर्ने थप सांस्कृतिक सामाग्री खरिद गर्नेछौँ।’

 

 

कार्तिक २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्