सुष्मिता सेनले १५ वर्ष कान्छा रोहमनसँग विवाह गर्लिन् ?

दुई दशक पहिले अर्थात २० वर्षअघि एउटा गीत चर्चित थियो र अहिले पनि त्यसलाई रुचाउनेहरुको कमी छैन, त्यो गीत हो–होश न खबर है, ये कैसा असर है, तुमसे मिलने के बादल दिलबर ।

यो गीतमा अभियन गरेकी छन्, सुष्मिता सेनले, अब यो गीतको कुरा वास्तविकतामा परिणत हुने संकेत मिलेको छ ।

 

View this post on Instagram

 

#duggadugga ❤️

A post shared by Sushmita Sen (@sushmitasen47) on

सञ्चार माध्यममा आएका पछिल्ला खबरहरु अनुसार सुष्मिता सेनले आफ्नो जीवन साथी भेट्टाएको बताइन्छ । यी खबरको पुष्टि भने सुष्मिता सेनले गरेकी छैनन् । अहिले सबै खबरहरुलाई गसिपका रुपमा मात्रै लिने गरिएको छ ।

खबरहरुमा दाबी गरिएको छ कि सुष्मिताले प्रायः सँगै देखिने गरेका रोहमन शावलसँग विवाह गर्ने छिन् । यी सबै खबरको एउटा मात्रै आधार त्यो तस्बिर हो, जसमा सुष्मिता सेन, रोहमन र एडप्ट्ड गरेका बच्चाहरु साथमा छन् । इन्स्टाग्राममा पोस्ट गरिएको तस्बिर झण्डै तीन लाख जनाले लाइक गरेका छन् ।

 

View this post on Instagram

 

Ok done #instavideo #mumbai #videos #indiansong #specs

A post shared by rohman shawl (@rohmanshawl) on

रोहमन यसअघि पनि सुष्मिताको साथमा देखिएका छन् । सन् १९९१ को जनवरी ४ मा जन्मिएका रोहमन सन् २०१४ मा मुम्बई आएका हुन् । हेर्दा विदेशी जस्ता देखिने उनी नोयडामा जन्मिएका हुन् ।

अनुष्का शर्मा र विराट कोहलीको विवाहको कपडाका डिजाइनर सब्यसाचीका लागि रोहमनले मोडलिङ्ग गरेका छन् । उनलाई गितार बजाउन निकै मन पर्छ । उनले गीत पनि गाउने गरेका छन् ।

रोहमन २७ वर्षका भए भने सुष्मिता ४२ वर्षकी छन् । यसको अर्थत यी दुईको विवाह भएमा सुष्मिता भन्दा रोहमन १५ वर्ष कान्छा हुनेछन् ।

कार्तिक २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू