४७ नाम, पाँच भाषा बोल्‍न सक्‍ने र दुई पटकसम्‍म इफिल टावर बेचे

एउटा यस्तो ठग जसले अमेरिकादेखि फ्रान्स सरकारलाई हल्लाए

एजेन्सी-तपाईलाई फ्रान्समा रहेको चर्चित इफिल टावरको नाम थाहै छ। साथै नटवरलालको नाम त तपाईले सुन्नु भएकै होला। हो यही नटवरलालको नाम ठगीमा सबैभन्दा चर्चित छ।

पाँच भाषामा अब्बल नटवरलाललाई ४७ नामले विश्‍वमा चिन्‍ने गरिन्छ। जसमध्‍ये विक्कटर लुस्टिग, चार्ल्स ग्रोमर, अलबर्ट जर्ज वेगनर लगायतका नाम उनलाई चिनाउनमा परिचित छन्। तर उनको वास्तविक नाम के हो त्‍यो कसैलाई थाहा छैन।

वर्ल्ड क्लास गोल्फर बनेर ठग्‍न माहिर


अमेरिकी जाँच ब्‍यूरो एजेन्सी (एफबीआइ)सँग जोडिएको वर्ष सन् १९३५मा लेखिएको दस्तावेजमा उल्लेख गरिएको छ की नटवरलालले धेरै वर्षसम्‍म एफबीआइलाई आफ्नो आँखा वरीपरि घुमाइरहे। तर प्रहरीले कुनै किसिमको कारबाही गर्न सकेनन्।

तर, एफबीआइले यो ठगलाई भिक्टर लुस्टिग भनेर चिने पनि नटवरलालको अहिले ४७ वटा नाम आइसकेको छ।

एफबीआइलाई खुलमखुल्ला मजाक उडाउन सक्‍ने


यो ठगको बारेमा जब कुनै उजुरी प्रहरी दर्ता हुन जान्छ तब त्‍यसको कथाले साँच्चै नै अर्को नयाँ रुप धारण गर्दछ। उसको नैतिकतामाथि  प्रश्‍नहरु जन्मिन थाल्छन्।

बेलायती पत्रकार जेफ मेसले यहीमा आधारित भएर हेन्डसम डेभिल’ नामक किताब नै लेखेका छन्।  जेफले भन्छन्, ‘जब उनी एफबीआइदेखि भागिरहेका हुन्थे। त्‍यहीबेला उनले आफूलाई पछ्‍याउने एजेन्टको नामले होटलको कोठा बुकिङ गर्दै हिडेका हुन्थे।साथै जहाजको सवारी पनि त्‍यही नाममा गरेर हिडेका हुन्थे।’

एफबीआइले निकाले दस्ताबेजका अनुसार उनी एक अक्टोबर, सन् १८९०मा होस्टाइनमा जन्मिएका थिए। होस्टाइन पहिले अस्ट्रो-हंगेरियन साम्राज्यको अधिनमा थियो। अहिले चेक गणतन्त्रको नामले परिचित छ।

जेफ भन्छन्, ‘उसले हामीलाई यति धेरै कहानी सुनाउँछ की हामीले आजसम्‍म पनि उनी साँच्‍चै जन्मिएका थिए कहाँ भनेर पत्ता लगाउन सकेका छैनौ। एउटा स्थानीय इतिहासकारसँग उसको बारेमा कुरा गर्दा दस्तावेज नै यति धेरै नाममा कुनै पनि दर्ता गरिएको नाम भेटिएन।अब उनी यहाँका हुन की होइनन्।’

जो प्रेममा पागल थिए


अमेरिकामा सन् १९२० को दशक एकदमै खतरा ग्‍याङस्टार अल कपोनी तथा जजको लागि चिनिने गरिन्थयो।यो त्‍यही समय थियो जतिबेला पहिलो प्रथम विश्‍वयुद्ध समाप्त भएको थियो। अमेरिका आफ्नो विकासको गतिलाई अगाडि बढाइ रहेको थियो। डलरको भाउ घटबढ तीव्र गतिमा भइरहेको थियो त्‍यतिबेला।

यही दौरानमा अमेरिकाको ४० शहरका जासुसहरुले यो ठगलाई अल सिट्राज निकनेम दिएका थिए। सिट्राज एक स्पेनिश शब्द हो जसको अर्थ घाउ भन्‍ने हुन्छ।

यसका साथै उक्त नाम त्‍यो मानिसको देब्रे गालामा चोट लागेको कारणले दिइएको थियो। उनी त्‍यतिबेला पेरिसमा एक प्रेमिकासँगे भेट गरेका थिए।

जब बिक्‍यो पेरिसको चर्चित इफिल टावर


त्यतिबेला सन् १९२५ साल चलिरहेको थियो।

अमेरिकी गोप्‍य सूचना एजेन्ट जेम्स जोनसनको संस्मरणका अनुसार भिक्टर लुस्टिग मे महिनामा पेरिस पुगेका थिए।

लुस्टिगले पेरिसको एक सुविधासम्पन्‍न होटलमा स्टील कम्पनीका ठूलो उद्योगपतिसँग बैठकको आयोजना गरेको थियो। उक्त बैठकको लागि लुस्टिगले आफैलाई फ्रान्स सरकारका आधिकारिक बताएर सरकारी छाप हानेर पत्र पठाए।

उसले बैकमा भनेका थिए, ‘ इन्जिनिरिङसँग सम्बन्धित असफलता, खर्चिलो ममर्त तथा केही राजनीतिक समस्याका कारण यो सब काम भइरहेको छैन।हामी यो काम गर्न पनि सकिरहेका छैनौ।त्‍यसकारण यो इफिल टाबरलाई खसाउनु नै उपयुक्त हुनेछ।’

उसले त्‍यतिबेला भनेका थिए, ‘ टावर खसाउन सबैभन्दा धेरै मूल्‍य तोक्‍नेलाई दिइनेछ।’

होटल बेच्‍ने समेत कोशिस


उक्त मिटिङमा उपस्थित कुनै पनि व्‍यापारीले लुस्टिगमाथि शंकाको दृष्टिले हेर्न सकेनन् किनकी उनले यी सबै फ्रान्सेली सरकारको एउटा महत्वपूर्ण कदम
भएको बताएका थिए। उसले आफ्‍नो जिन्दगीमा यस्ता धेरै घटनाहरु गरे जसले धेरै देशका सरकारको होस हवास उडाइ दिएका थिए।

भिक्टर लुस्टगिलाई जेलबाट छुट्‍नु त्‍यतिबेला सामान्‍य खेल जस्तै थियो।

तर, अन्त्यमा अमेरिकी सरकारले उसलाई एउटा अल्काट्राज जेलमा राख्‍यो जहाँ सन् १९४७ मार्च ११को साँझ ८ बजेर ३० मिनेटमा निमोनियाको संक्रमणबाट उसको मृत्‍यु भयो।

उनी सबैभन्दा खर्चिला र शान देखाउने प्रवृतिका ठग थिए। तर उसको मृत्‍युको सरकारी दस्तावेजमा मात्र एउटा नयाँ सिकारु सेल्सम्‍यान भनेर उल्लेख गरिएको थियो।

कार्तिक २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू