जुवाकाे खालबाट ३३ जना पक्राउ, ३ लाख ८४ हजार बरामद

भक्तपुर – तिहारका बेला जुवातास खेल्ने क्रममा थुप्रैलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त जगातीले पनि जुवाखालबाट ३३ जनालाई पक्राउ गरिएको जनाएको छ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीय प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित तीन लाख ८४ हजार २ सय ३० रुपैयाँ बरामद गरेको हो।

प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताएका छन्।

कार्तिक २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्